Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली निर्देशकको फिल्म अमेजन प्राइम भिडियोमा रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2023/04/17

pradeep-shahi

 

प्रदीप शाही निर्देशित पहिलो फिल्म ‘१९१५ : लेजेन्ड अफ गोर्खाज्’ संसारकै प्रतिष्ठित ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । गत भदौमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ नाममा नेपालमा प्रदर्शन भएको फिल्मको नाम हेरफेर गरेर अमेजन प्राइम भिडियोमा रिलिज गर्न लागिएको हो । अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एस.एन.आर. फिल्म्सले फिल्मको वितरण गर्दैछ ।

प्राइम अमेरिकामा फिल्म मे २ देखि रिलिज हुने निर्देशक शाहीले जानकारी दिए । त्यसपछि बेलायत, अष्ट्रेलिया, जापान, तालिवान र दक्षिण कोरियामा रिलिजको तयारी भैरहेको उनले बताए । नेपाली गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्मको सम्पूर्ण छायांकन बेलायतमा भएको हो ।

२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । त्यस युद्धमा २६ वर्षिय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । त्यतिबेला २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनको यही कथालाई फिल्ममा देखाइएको छ ।

निर्देशक शाहीको कथा लेखन रहेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । मधु गुरुङ र प्रयास गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ हुन् । प्रदीप शाही निर्देशित दोस्रो फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनको तयारीमा छ ।