Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गणपति’ गीतमा मुकुन र मेनुकाको दुई कालखण्डको प्रेम

फिल्मीखबर, काठमाडौं, 2023/04/17

MUKUN BHUSAL, MENUKA PRADHAN

 

आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गणपति’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘गाढा भैदियो’ बोलको प्रेमिल भावको गीतमा सबिन अधिकारीको शब्द तथा संगीत रहेको छ भने अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ । गीतको लम्बाई १ मिनेट ४१ सेकेन्डको छ । गीतको पूरा अंश फिल्ममा हेर्न सकिने निर्देशक समेत रहेका सबिनले जानकारी दिए ।

गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानको बाल्यकाल र युवावस्थाको प्रेमलाई देखाइएको छ । ‘गणपति’ले नेपाली समाजको चरित्र चित्रण गर्ने निर्देशक तथा लेखक अधिकारीको भनाई छ । कोही व्यक्ति कुनै बेला समाजको भगवान् बन्ने र पछि त्यही व्यक्तिलाई समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने नै फिल्मको कथासार रहेको उनले बताएका छन् ।

हरिबहादुर घलेको छायांकन रहेको ‘गणपति’मा मुकुन र मेनुकाका साथै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि अभिनय छ । एबिगम्यान फिम्ल्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता लक्ष्मण थापा, अरविन्द गिरी र विज्ञान केसी हुन् ।