Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नेपाली र दक्षिण भारतीय फिल्म एकअर्काको ओटीटी प्लेटफर्ममा रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2023/04/17

नेपाल र दक्षिण भारतका फिल्महरु एकअर्काको देशका ओटीटी प्लेटफर्म र हलमा रिलिज हुने भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’मा नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एन्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच दुई देशमा फिल्मको बजार आदान-प्रदान गर्ने विषयमा सहमति भएको हो ।

 

Nepal-India (2)


समिटका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्धिपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे । नेपालमा छायांकन हुने दक्षिण भारतीय फिल्मलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उनले एकअर्काको बजार खोज्ने कुरा सकारात्मक रहेको बताए । केसीले दुई मुलुकमा निर्माण हुने फिल्ममा संयुक्त लगानीको सम्भावनाबारे पनि जोड दिए ।

एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदान-प्रदानको रुपमा आफूहरुले एकअर्काको फिल्मलाई रिलिज गर्न लागेको बताइन् । राम्रा र स्तरीय नेपाली फिल्मलाई तेलुगू भाषामामा डबिङ गरेर दक्षिण भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी रहेको उनको भनाई छ । यसका लागि आफूहरुसँग १५ देखि १८ वटासम्म ओटीटी प्लेटफर्महरु रहेको नुतनले जानकारी दिइन् ।  

एनएफपीसी महासचिव हिमाल न्यौपानेले राम्रा दक्षिण भारतीय फिल्मलाई नेपाली ओटीटी प्लेटफर्मसँगै हलमा पनि रिलिज गर्नेबारे गृहकार्य भैरहेको बताए । एफटीपीसी सचिव पीभीएस बर्माले नेपाल र भारतबीच कला तथा सांस्कृतिक आदानप्रदान गर्न आफूहरु लागिपरेको अवगत गराए । फिल्ममार्फत दुई देशका फिल्मबीच प्रशस्त सम्भावना विस्तार गर्न योजना रहेको उनको भनाई छ ।

 

Nepal-India (2)


एफटीपीसी अध्यक्ष चैतन्य जंग नेतृत्वको दक्षिण भारतीय फिल्म टोलीले नेपाली फिल्मको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ । समारोहमा अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदानप्रदान पनि महत्वपूर्ण पक्ष बन्न सक्ने बताए । समिटको क्रममा नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने केही नेपाली फिल्मकर्मीलाई सम्मान पनि गरिएको थियो ।