Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोन र केकीको ‘जय हो’ इन्डक्ल्याप

फिल्मीखबर, काठमाडौं, 2023/04/16

Jai HO

 

टेक पौरखी राईले निर्देशन गरेको फिल्म ‘जय हो’को ३० दिनमा सम्पूर्ण छायांकन सकिएको छ । मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा अन्तिम दृश्य कैद गर्दै शनिबार फिल्मको छायांकन सकिएको प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिए । फिल्मको पोखरा तथा मुस्ताङको विभिन्न ठाउँमा समेत छायांकन गरिएको थियो । अब पोस्ट प्रोडक्सनको कामलाई तिव्रता दिइने बस्नेतले बताएका छन् ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्मित यस फिल्ममा अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी (तिवारी), सलोन बस्नेत, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतको अभिनय छ । फिल्ममा सलोन र केकीको जोडी बाँधिएको छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्म आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

‘जय हो’मा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा छन् । सुरेश न्यौपानेको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।