Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिकटक र युट्युबमा ‘जारी’का दृश्य छ्यापछ्याप्ती, निर्माताले साइबर ब्यूरोमा हाले उजुरी

फिल्मीखबर, काठमाडौं, 2023/04/16

movie jaari

 

केही वर्षयता सामाजिक सञ्जाल नेपाली फिल्मको प्रचारका लागि जति सशक्त माध्यम बनेको छ, त्यति नै टाउको दुखाईको विषय पनि बनिरहेको छ । छायांकन र प्रदर्शनको बेला क्लिप्स खिचेर सामाजिक सञ्जालमा हालिदिँदा निर्माताले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ । यतिबेला फिल्म ‘जारी’ले यही अवस्था भोगिरहेको छ । फिल्मका क्लिप्सहरु टिकटक तथा युट्युबमा छ्यापछ्याप्ती छ ।

हलमा फिल्मको दृश्यहरु खिचेर टिकटक, युट्युब र फेसबुकमा हाल्ने क्रम बढेपछि ‘जारी’का निर्माताले आइतबार नेपाल प्रहरीको साइबर ब्यूरोमा अनुसन्धानका लागि उजुरी हालेका छन् । निर्माता मणिराम पोखरेलले हलबाट फिल्म खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिँदा ठूलो आर्थिक नोक्सानी भएकाले अनुसन्धान गरेर क्षतिपूर्ति दिलाइदिन माग गर्दै साइबर ब्यूरोमा उजुरी हालेका हुन् ।

यसअघि ‘जारी’कै निर्माण समुहको फिल्म ‘कबड्डी ४’का दृश्यहरु पनि हलमा खिचेर सामाजिक सञ्जालमा हाल्नेको संख्या अगन्य देखिएको थियो । ‘छक्का पञ्जा ४’, ‘प्रेमगीत ४’, ‘झिँगेदाउ’ जस्ता फिल्मले पनि यो अवस्था भोगेका थिए । तर, साइबर ब्यूरोले कडा कदम चाल्न नसक्दा एकपछि अर्को फिल्म पाइरेसीको शिकार भैरहेका छन् । यसले फिल्मको व्यापार नै ध्वस्त बनाइरहेको छ ।

 

movie jaari


प्रदर्शनको दुई दिनमा नै ४ करोडमाथि कलेक्सन गरेको ‘जारी’ले घरेलू बजारमै १२ करोडमाथिको लाइफटाइम कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ । उपेन्द्र सुब्बाद्वारा निर्देशित फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले आदिको अभिनय छ ।