Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सीमामा काँडेतार लगाउन सन्देश दिने ‘काँडेतार’ गीत

फिल्मीखबर, काठमाडौं, 2023/04/16

Nawal Khadka

 

काँडेतारलाई सीमा तहलेदारको रुपमा परिभाषित गरेर फिल्म ‘काँडेतार’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार रिलिज गरिएको शीर्ष गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ भने मणी थापाको संगीत र मिलन कान्छा किरातीको शब्द छ । यो गीतले देशको भूगोल र सार्वभौमसत्ता रक्षाका लागि नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको छ ।

नवल खड्काद्वारा निर्देशित फिल्ममा उनीसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ । निर्देशक नवल स्वयंको निर्माण रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ ।

मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रुपमा छन् भने कार्यकारी निर्माता नवलकी श्रीमती तथा गायिका सत्यकला राई हुन् । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यसअघि फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो ।