Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

मुकुन र लक्ष्मीको ‘बिच्छेद’ मंसिर ८ मा

फिल्मीखबर, काठमाडौं, 2023/04/15

mukun bhusal and laxmi bardewa

 

सत्यराज चौलागाईंद्वारा निर्देशित फिल्म ‘बिच्छेद’ आगामी मंसिर ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति उल्लेख गर्दै शनिबार सार्वजनिक गरिएको एउटा पोस्टरमा फिल्मका प्रमुख दुई कलाकारहरु मुकुन भुषाल र लक्ष्मी बर्देवा फिचर्ड छन् । तर, उनीहरुको अनुहार देखाइएको छैन । कहीँ डाँडामा बसेर सेता हिमाल हेर्दै कुराकानी गरिरहेको अवस्थामा उनीहरु चित्रित छन् ।

विश्वव्यापी कोरोना महामारीको चपेटामा परी छायांकनको बीचमै रोकिएपछि तीन वर्षपछि फिल्मको बाँकी छायांकन गरिएको थियो । नेपालसँगै अन्य विभिन्न मुलुकहरुमा समेत फिल्म एकसाथ प्रदर्शन गर्ने तयारी भैरहेको निर्देशक चौलागाईंले बताए । फिल्मको निर्माता राज पण्डित, डिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य हुन् । फिल्म गाउँले परिवेशमा आधारित रहेको बताइएको छ ।

मुकुन र लक्ष्मीका अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन छ । गीतमा एसडि योगी, सुरज थापा र आशिश महरको संगीत, सत्यराज चौलागाई र राम अबिरलको शब्द रचना र सुरेन बसेल कोरियोग्राफी रहेको छ ।