Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौ १ मा ‘नम्बरी सुन’, पोस्टरमा गौरवको काँधमा नम्रता

फिल्मीखबर, काठमाडौं, 2023/04/14

nambari sun

 

राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘नम्बरी सुन’ आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबार प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा अभिनेता गौरव पहारी बेहुलीको पहिरनमा रहेकी अभिनेत्री नम्रता श्रेष्ठलाई आफ्नो काँधको बोकेको अवस्थामा चित्रित छन् । फिल्म विवाहको कथामा केन्द्रित रहेको हुनसक्ने पोस्टरले संकेत गर्छ ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी आदिको अभिनय छ । नारायण खातीको शब्द रचना, कथा तथा प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् ।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको दृश्य सम्पादन छ । फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।