Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(41 votes, avg 4.54/5.00)
Text size:-
+
-

बोर्डले ‘छक्का पञ्जा ४’को कमाई सार्वजनिक गरेपछि भुवनमाथि खनिए दीपकराज

फिल्मीखबर, काठमाडौं, 2023/04/12

bhuwan kc and deepakraj giri

 

चलचित्र विकास बोर्डले २०७९ सालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी सबै फिल्मको कमाई सार्वजनिक गरेपछि फिल्म क्षेत्रमा ठूलो भूकम्प आएको छ । आफ्नो फिल्मले करोडौं कमाएको झ्याली पिट्ने निर्मातालाई बोर्डको बक्स अफिस सिस्टममा देखिएको डाटाले गलत देखाउँछ । यसैले सम्बन्धित फिल्मका निर्माताहरुले बोर्ड अध्यक्ष भुवन केसीविरुद्ध आगो ओकल्न सुरु गरेका छन् ।

यसको सुरुवात ‘छक्का पञ्जा ४’का निर्माता तथा कलाकार दीपकराज गिरीबाट भएको छ । तीन हप्तामा नै फिल्मले १८ करोड ग्रस कमाएको दाबी यसका वितरकले गरेका थिए । तर, बोर्डको सिस्टममा फिल्मको कमाई १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँ छ । केही सिंगल थिएटरमा अझै पनि बक्स अफिस जडान नभएकाले फिल्मको कमाई योभन्दा २०/२५ लाख बढी भने छ ।

दाबी गरेको फिल्मको कमाईभन्दा बोर्डको बक्स अफिस सिस्टममा २/३ करोड नै कम देखिएपछि निर्माता गिरीले बुधबार आफ्नो फेसबुकमार्फत बोर्ड अध्यक्ष भुवन केसीविरुद्ध आक्रोश पोखेका छन् । ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाईको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा,’ दीपकराजले स्टाटसमा लेखेका छन् ।

उनले एक अनलाइनसँगको कुराकानीमा भुवन केसीले खराब नियत राखेर फिल्महरुको कमाई सार्वजनिक गरेको आरोप लगाएका छन् । निजी व्यावसायबाट भएको आम्दानीलाई सार्वजनिक गर्ने अधिकार बोर्डसँग नभएको उनको भनाई छ । यसले जनतामा भ्रम फैल्याउने उनी बताउँछन् । ‘कबड्डी ४’भन्दा कम कमाई देखिएकाले पनि उनले आक्रोश पोखेको हुनसक्ने कतिपयको टिप्पणी छ ।