Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब बैशाख १५ मा ‘प्रसाद २’ प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2023/04/11

prasad 2 (3)

 

फिल्म ‘प्रसाद २’का लागि २०७९ साल सुखद रहेन । कलाकारदेखि निर्देशकसम्म हेरफेर, छायांकनको क्रममा लफडा, रिलिजको मुखमा निर्माता सुभाष थापाविरुद्ध प्रहरीदेखि फिल्म सम्बद्ध संघ-संस्थामा जाहेरी, निर्माता थापाविरुद्ध बैंकिङ कसूरको मुद्धामा पक्राउ पुर्जी जारी, उच्च अदालत पाटनद्वारा तत्काललाई फिल्म रिलिज नगर्न आदेश आदि घटनाले फिल्म झमेलै झमेलामा फस्यो ।

अब ‘प्रसाद २’ आगामी वर्ष प्रदर्शन हुने भएको छ । आइतबार उच्च अदालत पाटनले फिल्म प्रदर्शनका लागि बाटो खुल्ला गरेपछि मंगलबार निर्माण टिमले आगामी बैशाख १५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । अब देश तथा विदेशमा फिल्म एकसाथ प्रदर्शन हुने निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । फिल्म उत्कृष्ट बनेकाले दर्शकलाई मनपर्नेमा सुदर्शन विश्वस्त छन् ।

फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडीलगायतको अभिनय छ । सुभाष थापाको प्रस्तुति रहेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । सुशील पौडेलले फिल्मको कथा लेखेका हुन् । सुपरहिट फिल्मको सिक्वेल भएकाले ‘प्रसाद २’प्रति दर्शकको अपेक्षा र चासो उच्च छ । फिल्मले सुखद कमाई गर्न सक्ने देखिन्छ ।