Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उच्च अदालत पाटनद्वारा ‘प्रसाद २’ रिलिजका लागि बाटो खुल्ला

फिल्मीखबर, काठमाडौं, 2023/04/10

प्रसाद २' निर्माताको वाचा- 'फिल्म रिलिजपछि पैसा तिर्छु'

 

निर्माताबीचको आर्थिक लेनदेनका कारण उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’को रिलिज रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हप्ता दिन पनि नपुग्दै सोही अदालतले फिल्म प्रदर्शनका लागि बाटो खुल्ला गरेको छ । आइतबार भएको न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको इजलासले यसअघि भएको अल्पकालीन आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सुनाएको हो ।

फिल्मको निर्माण गर्ने इजाजत निवेदक (केशव पाण्डे)ले प्राप्त गरेको नभइ सुलभ थापा प्रोडक्सनले समेत प्राप्त गरेको देखिएको, निवेदक र सुलभ थापा प्रोडक्सनबीचको करार सम्बन्धमा छुट्टै कानुनी उपचारको मार्ग अपनाउन सक्ने देखिएको भन्दै अदालतले फिल्मको रिलिज रोक्न परेको निवेदनमा अन्तरिम आदेश नदिएको हो । अब फिल्म प्रदर्शन गर्नका लागि बाटो खुल्ला भएको छ ।

चैत २१ गते उच्च अदालत पाटनले केशव पाण्डेको रिट निवेदनलाई आधार मानेर फिल्मको प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । जसले गर्दा फिल्म चैत २४ गते प्रदर्शनमा आउन सकेन । सम्भवतः अब फिल्म आगामी बैशाखको दोस्रो वा तेस्रो साता प्रदर्शन हुन सक्नेछ । फिल्म निर्धारित मितिमा प्रदर्शन नहुँदा निर्मातालाई ठूलो आर्थिक नोक्सानी भएको छ ।

 

prasad 2


आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म विना अनुमति १० प्रतिशत स्वामित्व रहेको व्यक्ति (सुभाष थापा)ले रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन हालेका थिए । ‘प्रसाद २’को निर्माता बनाउँछु भनेर सुभाष थापाले ६२ लाख ५० हजार आफूबाट लिएको तर पछि अर्कै निर्मातासँग फिल्म बनाए पनि आफ्नो पैसा फिर्ता नगरेको पाण्डेको आरोप छ ।