Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

जूनियर एनटीआरलाई विरासतमा मिलेको अभिनय

एजेन्सी, मुम्बई, 2023/04/08

Jr NTR

 

साउथ सुपरस्टार जूनियर एनटीआरको लोकप्रियता चुलिँदो छ । २०२२ मा प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’को सफलताले उनलाई विश्वमा नै लोभलाग्दो ख्याती दिलाएको छ । फिल्म ‘वार २’बाट बलिउड डेब्यूको तयारी गरिरहेका एनटीआर अभिनयसँगै एक्सन र नृत्यमा अब्बल मानिन्छन् । ‘अरविंद समेथा’, ‘टेम्पर’, ‘जनता ग्यारेज’, ‘आधी’ जस्ता फिल्म उनको सर्वाधिक सफल छन् ।

उनलाई अभिनय विरासतमा मिलेको हो । उनका हजुरबुबादेखि पितासम्म सफल कलाकार थिए । उनका हजुरबुबा एनटी रामाराव ७० को दशकका चर्चित अभिनेता थिए । उनको अभिनयसँगै राजनीतिमा पनि सक्रियता थियो । उनी आन्ध्र प्रदेशको मुख्यमन्त्री समेत भएका थिए । तीन सय ज्यादा तेलुगू फिल्ममा काम गरेका उनले फिल्म ‘मन देशम’बाट अभिनय करिअर सुरु गरेका थिए ।

एनटीआरका पिता नन्दमुरी हरिकृष्णा पनि तेलुगू फिल्मका नामी अभिनेता थिए । उनी राजनीतिमा पनि उतिक्कै सक्रिय थिए । सन् १९६४ मा फिल्म ‘श्री कृष्णवतारम’मा बाल कलाकारको रुपमा उनको अभिनय करिअर सुरु भएको थियो । अभिनेताको रुपमा भने उनको पहिलो फिल्म ‘टल्ला पेल्लामा’ थियो । एनटीआरका पिता २००८ देखि २०१३ सम्म राज्यसभाको सांसद समेत रहेका थिए ।

एनटीआरका भाई नन्दमुरी कल्याण राम पनि अभिनयमा सक्रिय छन् । उनी एक्सन फिल्ममा रुचाइएका अभिनेतामा पर्छन् । तर, एनटीआर जति सफल छैनन् । त्यस्तै, एनटीआरका काका नन्दमुरी बालकृष्ण (उनी बालकृष्ण या बलैया उपनामले चिनिन्छन्) पनि तेलुगूका चलेका अभिनेता हुन् । ४० वर्षदेखि अभिनयमा सक्रिय रहेका उनले सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।