Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङलाई प्रकृतिसँग मायाको बिहे पास गर्ने इच्छा

फिल्मीखबर, काठमाडौं, 2023/04/07

Dayahang Rai, Prakriti Shrestha

 

नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बिहे पास’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार युट्युब रिलिज गरिएको ‘मायाको बिहे पास’ बोलको रोमान्टिक थिमको गीतमा प्रताप दासको स्वर, विष्णु भण्डारीको शब्द रचना र सरोज पोखरेलको संगीत छ । गीतले फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठबीचको प्रेमभाव बोलेको छ ।

प्रवेश पौडेलद्वारा निर्देशित फिल्मको प्रस्तुतकर्तामा रोहित कटेल र कार्यकारी निर्मातामा रत्न श्रेष्ठ छन् । फिल्मलाई पनि उनीहरुले नै वितरण गर्दैछन् । शिव ढकालको छायांकन र रामजी लामिछानको कोरियोग्राफी रहेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । फिल्मका लागि मर्रे केर, आकाश बराल र सजन काफ्लेले लेखेको कथालाई आकाश र सजनले पटकथामा उतारेका हुन् ।

फिल्ममा दयाहाङ र प्रकृतिका साथै श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, उमा बानियाँ, नविन शेरचन र प्रकाश भुजेलको पनि अभिनय छ । रोजन श्रेष्ठ निर्माता रहेको फिल्मको सह निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् । ‘बिहे पास’मा दयाहाङ र प्रकृति श्रीमान्-श्रीमतीको भूमिकामा छन् । प्रकृतिको यो कमब्याक फिल्म हो ।