Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भदौ २९ मा स्वस्तिमा र वर्षाको ‘ऐँचो पैँचो’ !

फिल्मीखबर, काठमाडौं, 2023/04/07

swostima khadka

 

तीजमा फिल्म प्रदर्शन गर्न हरेक वर्ष निर्माताबीच हानाथाप हुने गर्छ । फिल्म निर्माण नहुँदै तीजलाई प्रदर्शन मिति घोषणा गरिन्छ । यसपालि असोज १ गते तीज छ । र, असोज ३ गते संविधान दिवस छ । एउटै विदा नहुँदा त भिड्न नछाड्ने नेपाली निर्माता दुई दिनको विदा अरुलाई टीका लगाएर दिन किन तयार हुन्छन् र ! आगामी तीजमा पनि नेपाली फिल्मबीच ठूलो भिडन्त हुन सक्नेछ ।

यद्यपि, अहिलेसम्म तीजलाई लक्षित गरेर कुनै फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् । ठूला फिल्म आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै साना लगानीका फिल्मले तीजलाई प्रदर्शन तोक्न सकेका छैनन् । ठूलो ब्यानर र लगानीका फिल्म भने अरु फिल्मको प्रदर्शन मिति कुरेर बसेका छन् । तर, तीज र संविधान दिवसको विदा छोप्न फिल्म ‘ऐँचो पैँचो’ प्रदर्शनमा आउन लागेको चर्चा छ ।

एक गीतबाहेक सम्पूर्ण छायांकन पूरा भैसकेको फिल्म तीजलाई लक्षित गर्दै भदौ २९ गतेदेखि प्रदर्शनमा आउने सम्भावना प्रवल छ । हालै यस फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले इन्टाग्राममा एक प्रशंसकले ‘ऐँचो पैँचो’को प्रदर्शन मितिको बारेमा राखेको प्रश्नमा तीजमा प्रदर्शन हुनसक्ने बताएकी थिइन् । केही दिनमा नै पोस्टरमार्फत प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ गरी चारवटा फिल्म निर्माण गरिसकेकी कृषा चौलागाईंको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमासँगै वर्षा राउत, मुकुन भुषाल, विशाल पहारी, कोशिष क्षेत्री, सुशिल सिटौला, शारदा गिरीको पनि अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा र संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् ।