Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा ‘जारी’ प्रदर्शन निश्चित

फिल्मीखबर, काठमाडौं, 2023/04/06

jari movie

 

नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बाद्वारा निर्देशित फिल्म ‘जारी’को ट्रेलरले दर्शकमा एकखालको उत्सुकता जगाएको छ । फिल्म दृश्यभाषामा सशक्त हुनसक्ने आँकलन धेरैको छ । बलशाली ट्रेलर, ‘चरी बस्यो’ गीतको लोकप्रियता र बलियो स्टारकास्टका कारण नेपालमा मात्र होइन, विदेशमा समेत फिल्मको पखाई अधैर्य बनेको छ ।

यसबीच, नेपाली फिल्मले राम्रो पकड बनाएको अष्ट्रेलियामा पनि ‘जारी’ प्रदर्शन हुने निश्चित भएको छ । रोशन भट्टराईको समुहले फिल्मलाई अष्ट्रेलियामा प्रदर्शन गर्ने चाँजोपाँजो मिलाएका हुन् । यही अप्रिल १६ र १७ तारिखमा सिड्नीको अर्बनमा रहेको रिडिङ सिनेमा हलमा र अप्रिल १८, २१ र २३ तारिखमा अष्ट्रेलियाको राजधानी क्यानभेरामा फिल्म प्रदर्शन हुने भट्टराईले जानकारी दिए ।

त्यस्तै, बैशाखको पहिलो हप्तादेखि मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ, डार्विन, तास्मानिया शहरहरुमा पनि फिल्म प्रदर्शनको तयारी भैरहेको छ । फिल्मको सिड्नी शोको तयारी भने एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेस र नेपोज ऐजुकेसन भिसा सर्भिसले गरेको हो । वितरक भट्टराईले अष्ट्रेलियामा ‘जारी’लाई लिएर दर्शकमा निकै उत्सुकता रहेकाले राम्रो व्यापार हुने विश्वास व्यक्त गरे ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बा, रेखा लिम्बु आदिको अभिनय छ । सैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई निर्देशक उपेन्द्र सुब्बा स्वयंले लेखेका हुन् । जारी प्रथामाथि आधारित भएर फिल्म निर्माण भएको हो ।