Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुस्ताङमा ‘दुई कदम’को छायांकन, इओनसँग रोमान्टिक सिमोन

फिल्मीखबर, काठमाडौं, 2023/04/04

2 Kadam

 

पछिल्लो समय नेपाली फिल्मको छायांकनका लागि पहिलो रोजाइमा परिरहेको मुस्ताङमा यतिबेला निर्देशक उदय सुब्बाले फिल्म ‘दुई कदम’को छायांकन गरिरहेका छन् । गएको चैत्र १६ गतेबाट छायांकन सुरु भएको फिल्मको मुस्ताङमा फिल्मका प्रमुख दुई कलाकार इओन लिम्बु र सिमोन गिरीबीचको प्रेमिल दृश्य खिच्ने काम भइरहेको छ । मुस्ताङमा अझै केही दिन छायांकन हुनेछ ।

धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायांकन हुने फिल्मको कथा लेखन दयाराम घिमिरेको हो भने निर्मातामा तारा देवी लिम्बु छिन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भैरहको लभस्टोरी ड्रामामा गौरव पहारी, बुद्धि तामाङ, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी), कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

 

2 Kadam


विक्रम डिसीले छायांकन गरिरहेको ‘दुई कदम’मा तारा प्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । निर्माण टिमले आगामी भदौ महिनामा सार्वजनिक प्रदर्शन गर्ने लक्ष्यसहित छायांकन गरिरहेको छ । निर्देशक सुब्बाले यसअघि ‘आकाशे खेती’, ‘बैना’, ‘रिफ्यूजी’, ‘अग्नी’, ‘जोडी नं. वान’ फिल्मको निर्देशन गरेका छन् ।