Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बहाव’को ‘बहाव यी मनका’ गीत : उम्दा अडियो

फिल्मीखबर, काठमाडौं, 2023/04/03

surakshya panta

 

यही चैत २४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बहाव’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘बहाव यी मनका’ बोलको शीर्ष गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द रचना, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ । गीतले फिल्मका प्रमुख पात्रहरुको भावनालाई व्यक्त गरेको छ । गीतमा शब्द रचना शक्तिशाली छ । स्वर र संगीत पक्ष पनि उम्दा छ ।

गीतबारे गायक चौलागाईं भन्छन्, ‘मानिसहरूको अन्तर मनको वेदनाहरू र जिन्दगीसँग निस्सासिएको एउटा व्यक्तिको मनभित्रको बहावलाई यो गीतमार्फत व्यक्त गर्ने खोजिएको गीत हो । मैले शब्दको भावमा डुबेर गाएको थिएँ ।’ त्यस्तै, संगीतकार सापकोटाले यो गीत अप्रत्याशित तवरले बनाइएको स्मरण गर्दै गीतले जोकोहीलाई मायाको भावदेखि वियोगान्तको बहावसम्म पुर्‍याउने बताए ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता श्रीधर पौडेल हुन् । पौडेलले यसअघि फिल्म ‘गोपी’ निर्माण गरेका थिए । फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठको अभिनय छ ।