Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छायांकन अगावै दयाहाङ र सौगातको ‘हात्तीछाप’ मध्य पूर्वी मुलुकमा विक्री

फिल्मीखबर, काठमाडौं, 2023/04/02

hattichhap

 

यस वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’को जोडी दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहने नयाँ फिल्म ‘हात्तीछाप’को छायांकनभन्दा अगावै मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । नेप फिल्मका प्रमुख रमेश ढकालले मध्य पूर्वी मुलुकमा फिल्मको प्रदर्शन अधिकार महंगो मूल्यमा खरिद गरेका हुन् ।

टिमप्रतिको विश्वासका कारण निर्माण अगावैदेखि फिल्मको विदेशमा माग बढेको निर्माता किरण नेपालीले बताए । छायांकन अगावै फिल्मको सम्पूर्ण विदेश राइट्स विक्री गर्ने उनको योजना छ । सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्ममा विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने र कविता आलेको पनि अभिनय रहनेछ ।

रेड बर्ड प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको आगामी बैशाखबाट छायांकन सुरु हुने बताइएको छ । यो फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । निर्माता नेपालीले यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई नम्बरी’को निर्माण गरेका थिए, जुन व्यावसायिक रुपमा सफल भएको थियो । र, यही फिल्मको कलाकारलाई लिएर नेपाली ‘हात्तीछाप’ बनाउन कसिएका हुन् ।