Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमाईमा ‘भोला’भन्दा ‘दसरा’ अगाडि

एजेन्सी, मुम्बई, 2023/04/02

Bholaa vs Dasara: Nani's claim over Ajay Devgan, know the first day's box  office collection

 

यही शुक्रबार बलिउडबाट अजय देवगन अभिनीत ‘भोला’ र साउथबाट नानीको ‘दसरा’बीच बक्सअफिसमा भिडन्त भएको थियो । बलिउड र साउथबीच एकखालको शितयुद्ध चलिरहेको समयमा एकसाथ प्रदर्शनमा आएका यी दुई फिल्मको व्यापारलाई लिएर दुवै इन्डस्ट्रीमा चासो थियो । यो ‘हेभीवेट’ भिडन्तमा ‘भोला’भन्दा ‘दसरा’ प्रतिक्रिया तथा व्यापारिक दुवै रुपमा बलियो देखिएको छ ।

‘भोला’ले प्रदर्शनको तीन दिनमा ३० करोड ७० लाखको कमाई गरेको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा गराएका छन् । ११ करोड २० लाखको ओपनिङ गरेको फिल्मले दोस्रो दिन ७ करोड ४० लाख र तेस्रो दिन १२ करोड १० लाखको कमाई गरेको छ । आइतबार भारतमा विदा भएकाले चौंथो दिन फिल्मको व्यापार १५ करोड आसपास हुने अनुमान गरिएको छ ।

‘भोला’ले तीन दिनमा ३० करोड ग्रस कलेक्सन गर्दा पेन इन्डिया फिल्म ‘दसरा’ले तीन दिनमा ७१ करोड कमाई गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । यो विश्वभरको कमाई हो । यसमा भारतबाट ४५ करोड बढीको योगदान छ । हिन्दी भर्सनमा भने फिल्मको कमाई दयनीय छ । तीन दिनमा फिल्मको हिन्दी भर्सनले १ करोड ६१ लाख कमाएको भारतीय मिडियामा उल्लेख छ ।

‘भोला’लाई अजय देवगन स्वयंले नै निर्देशन गरेका हुन् । फिल्ममा उनका साथै तब्बू, दीपक डोबरियाल, सञ्जय मिश्रा, अमला पल, गजराज राव आदिको अभिनय छ । यो साउथ फिल्म ‘कैथी’को हिन्दी रिमेक हो । त्यस्तै, श्रीकान्त उडेलाद्वारा निर्देशित ‘दसरा’मा नानीका साथै कीर्ति सुरेश, समुथिराकानी, प्रकाश राज, राजेन्द्र, प्रसाद, रोशन माथे, साइ कुमारलगायतको पनि मुख्य भूमिका छ ।