Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघले जारी गर्‍यो १२ बुँदे धुलिखेल घोषणापत्र

फिल्मीखबर, काठमाडौं, 2023/04/02

fja nepal

 

चलचित्रको विधामा सक्रिय पत्रकारहरुको संगठित संस्था चलचित्र पत्रकार संघ नेपालले १२ बुँदे ‘धुलिखेल घोषणापत्र’ सार्वजनिक गरेको छ । धुलिखेलस्थित इको रिसार्टमा आइतबार विहान आयोजना भएको ‘नीति तथा परामर्श भेला’मा सहभागी संघका पूर्व अध्यक्षहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरुबाट प्राप्त सल्लाह-सुझावअनुसार संघले १२ बुँदे घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा संघीय तथा प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ-संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई पनि उपलब्ध गराउनुपर्ने, श्रमजीवी पत्रकार ऐनले तय गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने, चलचित्र पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्थाका लागि संघीय र प्रदेश सरकारसँग माग गर्ने लगायतको विषय समेटिएको छ ।

त्यस्तै, संघको विधानमा दुईजनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न पाउने प्रावधानअनुरुप धुलिखेलमा सम्पन्न पूर्ण बैठकले केन्द्रीय सदस्यमा ध्रुवराज न्यौपानेलाई मनोनित गरेको छ । उनी चलचित्र पत्रकार संघ दाङ शाखाका पूर्व अध्यक्ष समेत हुन् । नीति तथा परामर्श भेलामा संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका लागि नियमित कार्यशालाहरु गर्ने बताए ।

यस्तो छ घोषणा पत्र :-

 

fja