Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आई एम ट्वान्टी वान’को ‘योद्धा’ गीत : धिरज र जसिताको जबर्जस्त नृत्य

फिल्मीखबर, काठमाडौं, 2023/03/31

jasita gurung and dhiraj magar

 

रेनशा वान्तवा राईद्वारा निर्देशित डान्स ड्रामा फिल्म ‘आई एम ट्वान्टी वान’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘योद्धा’ बोलको गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ । गीतको अडियो पक्ष जति सशक्त छ, भिडियोमा फिल्मका प्रमुख दुई पात्र धिरज मगर र जसिता गुरुङले नृत्यमा गरेको मिहिनेत उस्तै उम्दा छ ।

सुशान्त प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मका गीतमा द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ । सोमनाथ खनाल र निर्देशक रानाले मिलेर फिल्मको संवाद लेखेका हुन् । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्म आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको हो । पोस्टरदेखि टिजर-गीतसम्मले फिल्मप्रति दर्शकमा उत्सुकता पैदा गरेको छ ।

आगामी बैशाख २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि विशेष भूमिका छ । फिल्मको गीतमा कालीप्रसाद बाँस्कोटाको पनि संगीत छ । यो फिल्मका लागि धिरज र जसिताले करिब एक वर्ष नृत्य सिक्न मिहिनेत गरेका थिए ।