Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

रमेश बुढाथोकी भन्छन्, ‘सुरक्षा पन्त हाम्रो देशको गर्व हो’

फिल्मीखबर, काठमाडौं, 2023/03/31

Surakshaya Panta , Naren Khadka, Biraz Bista

 

आफूले मार्गदर्शक र आदर्श मानेको व्यक्तिले आफ्नो कामको प्रशंसा गर्दा जोकोहीलाई त्योभन्दा खुशीको क्षण सम्भवतः अरु हुँदैन । जीवनको सबैभन्दा ठूलो कमाई नै त्यही हो । बिहीबार फिल्म ‘बुलाकी’को ट्रेलर रिलिज कार्यक्रममा नेपाली फिल्मका नामी कलाकार तथा निर्देशक रमेश बुढाथोकीले आफ्नो अभिनय कलाको प्रशंसा गर्दा अभिनेत्री सुरक्षा पन्त नतमस्तक बनेकी थिइन् ।

बुढाथोकीले सुरक्षाको प्रशंसामा भनेका थिए, ‘सुरक्षाको कामको जति नै मुक्तकण्ठले प्रशंसा गरे पनि कम हुन्छ । हामो देशको गर्व भन्नुपर्छ सुरक्षालाई । नेपाली फिल्म क्षेत्रमा निकै राम्रो स्थान बनाउनु भएको छ । उहाँले चरित्रमा डुबेर आत्मादेखि नै भावना व्यक्त गर्नुहुन्छ । यो फिल्ममा मात्र होइन, विगतका उहाँका फिल्ममा पनि त्यो देखेका छौं । ‘बुलाकी’मा त झनै अभिनय माझिएको छ ।’

बुढाथोकीले आफ्नो प्रशंसामा शब्द खर्चिदा सुरक्षा शब्दविहीन भएकी थिइन् । प्रशंसाको शब्दले उनको शिर उठ्न दिएको थिएन । उनले दुवै हात छातीमा राख्दै धन्यवाद भनिरहेकी थिइन् । त्यस्तै, कलाकार बुढाथोकीले ‘बुलाकी’का अर्का प्रमुख कलाकार नरेन खड्काको अभिनयको प्रशंसामा पनि शब्द खर्चिन भ्याए । फिल्ममा नरेनले एकदमै जीवन्त अभिनय गरेको उनको भनाई थियो ।

सुरक्षा र नरेनको प्रशंसामा बुढाथोकीले थपेका थिए, ‘म सुटिङकै बेला उहाँहरुको अभिनयबाट प्रभावित भएको थिएँ । उहाँहरुले अभिनयको क्षेत्रमा केही विस्फोट गर्नुहुन्छ भन्ने लागेको छ ।’ कर्णालीमा प्रचलनमा रहेको जारी प्रथाको कुरुप अवस्थालाई चित्रण गरिएको फिल्ममा सुरक्षा र नरेन श्रीमान्-श्रीमतीको भूमिकामा छन् । यो फिल्म बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।