Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘प्रेमा’लाई मिल्यो सुखद प्रतिक्रिया

फिल्मीखबर, काठमाडौं, 2023/03/30

anjana baraili

 

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको गोविन्द सिंह भण्डारीद्वारा निर्देशित प्रेमकथानक फिल्म ‘प्रेमा’ले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उपस्थिति भएका अतिथिहरुले कलाकारको अभिनय, कथावस्तु, निर्देशकीय पक्ष र छायांकनको प्रशंसामा शब्द खर्चिए । फिल्मको प्रशंसा हुँदा निर्देशकदेखि कलाकारसम्म हर्षित भावमा देखिन्थे ।

 

anjana baraili


फिल्म ‘महापुरुष’की अभिनेत्री अञ्जना बराइलीले आफूलाई फिल्म मन परेको प्रतिक्रिया दिइन् । सबै कलाकारको अभिनय राम्रो लागेको बताउँदै उनले ‘प्रेमा’को कथा र प्रस्तुतिकरण फरक लागेको बताइन् । त्यस्तै, अर्की अभिनेत्री सन्ध्या केसीले फिल्मले दर्शकलाई दुई घन्टा बाँधेर राख्ने विश्वास दिलाइन् । उनले सबै कलाकारको अभिनय एकदमै राम्रो रहेको भन्दै प्रशंसा पनि गरिन् ।

 

SANDHYA KC


मोडल कुन्साङ बोम्जनले धेरैपछि राम्रो लभस्टोरी फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरे । ‘शभेक्क्षा खड्का मेरो मनपर्ने कलाकार हुनुहुन्छ । उहाँको अभिनय एकदमै अब्बल छ । अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा कहिँ कतै जोडिन्छ,’ उनले भने, ‘स-साना असमझदारीले प्रेम सम्बन्धमा कस्ता समस्याहरु आउँछन् भन्ने कुरा फिल्ममा जसरी देखाइएको छ, त्यो मलाई मनपर्‍यो ।’

 

Arun Chhetri AND Subeksha Khadka


फिल्मका अभिनेता अरुण क्षेत्रीले आफू मंगलबारसम्म ‘न्यूट्रल’ रहेको भए पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट ढुक्क भएको बताए । ‘प्रिमियरअघिसम्म म ‘न्यूट्रल’ थिएँ । किनकी, फिल्म बाहिर आइसकेको थिएन । तर, प्रिमियरको प्रतिक्रियाले उत्साहित छु’, उनले भने । यो अरुणको दोस्रो फिल्म हो । त्यस्तै, अभिनेत्री शभेक्क्षा खड्काले आफ्नो अभिनयको तारिफ हुँदा खुशी लागेको बताइन् ।

 

Subeksha Khadka


प्रिमियरमा मिलेको प्रतिक्रियाबाट खुसी देखिएका निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म हेरिरहँदा जो कोहीले पात्रसँग आफूलाई पाउने दाबी गरे । निर्माता विवेक घिमिरेले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफ्नो लगानी खेर नजानेमा आशावादी रहेको बताए । ‘स्क्रिप्ट पढ्दाखेरि नै लगानी गर्न मन लागेको थियो । प्रिमियरको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा आशावादी छु’, उनले भने ।

 

Arun Chhetri


गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्ममा अरुण र शभेक्क्षासँगै सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) लगायतको पनि विशेष भूमिका छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।