Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख १५ मा ‘कैदीको पत्र’, ‘मेरो दिलको तालमा’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/03/29

Kaidiko-patra-Song-2

 

आगामी बैशाख १५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘कैदीको पत्र’को पहिलो रोमान्टिक थिमको गीत सार्वजनिक गरिएको छ । बुधबार युट्युबमा सार्वजनिक ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीको संगीत सुन्न सकिन्छ । यो गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र कुनाल बिश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारस प्रेमिल भावमा प्रस्तुत छन् । प्रेम र रोमान्सको कथामा बनेको फिल्ममा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतार-चढाव तथा भोग्नुपर्ने कठिनाइलाई देखाइएको निर्देशक सनम कुमार बैरागले जानकारी दिए ।

सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको फिल्ममा कुनाल र म्याडिशनसँगै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठलगायतको अभिनय रहेको छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मका निर्मातामा रहेका छन् । फिल्मका डिओपी रामेश्वर कार्की हुन् भने अर्जुन जिसिले सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एनचौबीले कलर ग्रेडिङ्ग गरेका छन् ।