Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतीय टेलिसिरियल खिचेका महेश, जसले ‘प्रेमा’ खिचे

फिल्मीखबर, काठमाडौं, 2023/03/28

आगामी चैत २४ गतेबाट प्रदर्शन हुन लागेको लभस्टोरी फिल्म ‘प्रेमा’ दुई कारणले विशेष छ । पहिलो, लामो समय साउथ इन्डियन फिल्ममा काम गरेर फिल्म ‘रणवीर’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका गोविन्द सिंह भण्डारीले फिल्मको निर्देशन गरेका हुन् । दोस्रो, फिल्मलाई कयैन् भारतीय विज्ञापन तथा टेलिसिरियलमा छायांकनको अनुभव बटुलिसकेका महेश पौडेलले खिचेका हुन् ।

 

mahesh paudel


यद्यपि, महेशका लागि नेपाली फिल्मको छायांकन नयाँ होइन । उनले यसअघि दुई नेपाली फिल्म ‘मञ्जरी’ र ‘रणवीर’को छायांकन गरेका थिए । उनले सन् २००५ देखि व्यावसायिक रुपमा छायाँकारको रुपमा काम गर्न थालेका हुन् । भारतको मेघालय राज्यमा जन्मिएका उनले छायांकन गरेको पहिलो नेपाली फिल्म ‘मञ्जरी’ थियो । यही फिल्मबाट पौडेल निर्देशक भण्डारीसँग नजिक बने ।

‘रणवीर’मा निर्देशक भण्डारीसँग काम गरिसकेका उनी भन्छन्, ‘गोविन्दजी काममा प्रष्ट हुनुहुन्छ । उहाँलाई क्यामेरा फ्रेमिङदेखि हरेक कुराको ज्ञान छ । त्यही भएर काम गर्न सजिलो हुन्छ ।’ उनले इण्डिया टीभी इमाजिनबाट प्रसारण हुने ‘शनीदेवकी महिमा’, स्टार प्लसबाट प्रसारण हुने ‘जय माँ दुर्गा’ र लाइफ ओकेबाट प्रसारण हुने ‘चन्द्रकान्ता’ टेलिसिरियलको छायांकन गरिसकेका छन् ।

भारतीय टेलिभिजन च्यानलमा टेक्निकल हेड भएर ३ वर्ष काम पनि गरेका उनले नेपालमा धेरै टिभीसी विज्ञापन पनि खिचिसकेका छन् । उनको अनुभवमा फिल्मको जनराले छायांकनमा कुनै प्रभाव पार्दैन । तथापि, छायांकन राम्रो देखिन थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्ने उनको भनाई छ । छायांकनको हिसाबमा अन्य जनराभन्दा एक्सन फिल्ममा बढी मिहिनेत लाग्ने पौडेलको अनुभव छ ।

 

mahesh paudel


एक्सन फिल्ममा लाइटिङ र क्यामेराको प्रयोग बढी नै हुने भएकाले क्यामरापर्सनलाई चुनौती बढी हुने उनी बताउँछन् । छायांकन राम्रो हुनलाई कलाकारको अभिनय, प्रोपर्टी, लोकेशन धेरै कुरामा तालमेल हुनुपर्ने उनको बुझाई छ । ‘स्क्रिप्ट पढ्दा हाम्रो दिमागमा एउटा फ्रेम बनेको हुन्छ । तर, फिल्डमा जाँदा त्यो अनुसार प्रोपर्टी वा लोकेसन भएन भने पनि छायांकन राम्रो हुँदैन,’ उनी भन्छन् ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा बनेको यो फिल्ममा अरुण क्षेत्री, शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) लगायतको अभिनय रहेको छ । निर्देशक भण्डारी र विवेक घिमिरेको लगानी रहेको फिल्मको कार्यकारी निर्माता सामर्थ विक्रम थापा हुन् ।