Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

विदेश राइट्सबाट ‘जारी’ प्रदर्शन अगावै नाफामा

फिल्मीखबर, काठमाडौं, 2023/03/28

jari nepali movie

 

नेपाली निर्मातालाई ओभरसिज राइट्स र डिजिटल राइट्स लगानी सुरक्षित गर्ने बलियो आधार बन्दै गएको छ । पोस्टरदेखि टिजर-ट्रेलरले राम्रो प्रतिक्रिया बटुलेको छ भने प्रदर्शन अगावै फिल्मको विदेश राइट्स महंगोमा बिक्री हुने गरेको छ । फिल्मले नेपालमा राम्रो कमाई गर्‍यो भने त झन् विदेशमा माग थेगिनसक्नु हुन्छ । र, निर्माताले विदेश राइट्स बेचेरै फिल्मको लगानी सुरक्षित गर्छन् ।

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’को टिजर र ट्रेलरले उम्दा प्रतिक्रिया पाएपछि यतिबेला विदेशमा माग बढेको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व तथा पूर्वी एसियाली मुलुकमा फिल्मको राइट्स बेचिरहेको छ । जसबाट निर्माताले डेढ करोड बढी कमाइसकेका छन् । योसँगै फिल्म नाफामा गएको जानकारी प्राप्त छ ।

नेपालमा प्रदर्शनभन्दा अगावै विदेशमा फिल्मको माग उच्च हुनु नेपाली फिल्म क्षेत्रको लागि नै शुभ संकेत रहेको निर्माता रामबाबु गुरुङले बताए । यसअघि उनी निर्देशित फिल्म ‘कबड्डी ४’ले अन्तर्राष्ट्रिय बजारमा ठूलो कमाई गरेको थियो । फिल्मका निर्देशक उपेन्द्र सुब्बा, कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन् ।

लिम्बू समुदायमा प्रचलित जारी प्रथामा आधारित रहेको फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुलेलगायतको पनि अभिनय छ । डेब्यू निर्देशक उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।