Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाङ्गो गाउँ’ : साम्राज्ञीसँग रोमान्टिक कार्म

फिल्मीखबर, काठमाडौं, 2023/03/28

Samragyee R L Shah and karma

 

सुपरहिट फिल्म ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा छायांकन भैरहेको छ । यही चैत १० गतेबाट सुरु भएको छायांकन एक महिनासम्म चल्ने निर्देशक लामाले बताए । अहिले दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म शाक्य, शिशिर वाङ्देललगायतले आफ्नो भागको छायांकन गरिरहेका छन् ।

 

Samragyee R L Shah and karma


निर्माण पक्षले सञ्चार माध्यमलाई उपलब्ध गराएको तस्विरमा कार्म खोलाको किनारमा साम्राज्ञीसँग रोमान्टिक भावमा प्रस्तुत छन् भने दयाहाङ र शिशिर गफिँदै देखिएका छन् । फिल्ममा दयाहाङको जोडीको रुपमा अभिनेत्री मिरुना मगर छिन् । मिरुनाले भने केही दिनमा सुटिङ सेट ज्वाइन गर्ने बताइएको छ । फिल्ममा वुद्दि तामाङ, पुष्कर गुरुङलगायतको पनि मुख्य भूमिका रहेको छ ।

 

Samragyee R L Shah and karma


मनिष्मा फिल्मस्को ब्यानरमा हिमाल शर्मा निर्माता रहेको फिल्मलाई आलोश शुक्लाले छायांकन गरिरहेका छन् । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो वर्ष सुपरहिट भएको थियो । उनले ‘घामपानी र गोपी’को पनि निर्देशन गरिसकेका छन् । दीपेन्द्रले दयाहाङसँग यसअघि ‘घामपानी र २ नम्बरी’मा सहकार्य गरेका थिए । मिरुना, साम्राज्ञी र कार्मसँग उनको पहिलो जुगलबन्दी हो ।