Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कामिनो’मा कलाकारको भीड, भित्रिए भोलादेखि रविन्द्रसम्म

फिल्मीखबर, काठमाडौं, 2023/03/27

movie camino

 

दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’मा नाम चलेका कलाकारहरुको ठूलो भीड हुने भएको छ । फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, राजबल्लभ कोइराला, वर्षा सिवाकोटी र नीति शाह भित्रिसकेको अवस्थामा सोमबार (आज) थप पाँच जना कलाकारहरु भोलाराज सापकोटा, रविन्द्र झा, प्रविण खतिवडा, कुलबहादुर अधिकारी र आइपी आचार्य अनुबन्धित भएका छन् ।

फिल्ममा कलाकारको लाइनअप अब लगभग पूरा भएको निर्देशक वलीले जानकारी दिए । ‘कामिनो’को कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् भने पटकथा तथा संवाद महेश दवाडीको हो । फिल्मको छायांकन नेपालका साथै ल्याटिन अमेरिकाका विविध स्थानमा हुनेछ । केही दिनअघि प्रदीप, नीति र वर्षाले वर्कसपमा बसेर स्क्रिप्ट र आ-आफ्नो चरित्रको बारेमा छलफल गरेका थिए ।

सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने फिल्ममा पूर्ण लामा क्रियटिभ डिरेक्टर र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनरमा छन् । नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुने फिल्मको चरित्रको माग बमोजिम प्रदीपले आफ्नो कपाल लामो बनाएका छन् । फिल्ममा उनको भूमिका केही पृथक रहेको बताइएको छ ।