Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिरा : स्याडो अफ अ रेन्बो’को मुहूर्त, कलाकारमा सुरविनादेखि निशानसम्म

फिल्मीखबर, काठमाडौं, 2023/03/27

Meera Shadow of a rainbow

 

अनिता पण्डितले लेखन र निर्देशनमा फिल्म ‘मिरा : स्याडो अफ अ रेन्बो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंको मैतिदेवी मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको मुहूर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षमा फिल्म आधारित रहनेछ ।

यसै साताबाट छायांकन सुरु हुने फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भूमिका रहनेछ । आश्वि फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको लाइन प्रोड्युसरमा शंकर कार्की रहेका छन् । एलिश कार्कीको संगीत र अनिल कटुवालको डिओपी रहने फिल्मको टेक्निकल हेडमा अनिल कटुवाल छन् भने प्रोडक्शन डिजाइनरमा प्रकाश हमाल छन् ।

निर्देशक पण्डितले एक बच्चाको अटिजम समस्या र रिलेशनसिपलाई उजागर गर्न चाहने एक आमाको संघर्षको कथामा फिल्म बन्ने जानकारी दिइन् । उनले भनिन्, ‘प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत फिल्ममा छ । बच्चाको अटिजम समस्या र रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको मुख्य कथा हो ।’ पण्डित पेशाले भने आइटी इन्जिनियर हुन् ।

 

Meera Shadow of a rainbow


अभिनेत्री सुरविना कार्कीले आफूलाई प्रस्ताव गरिएको भूमिका भिन्न लागेकाले काम गर्न तयार भएको बताइन् । त्यस्तै, अभिनेता निशान चौहानले फिल्मको कथाले समाजमा नयाँ सन्देश दिने विश्वास व्यक्त गरे । उनले फिल्ममा आफ्नो भूमिका फरक रहेको पनि बताए । अर्का अभिनेता कैलाश रावल भूमिकाको हिसाबले आफ्नो लागि यो फिल्म चुनौती र अवसर दुवै रहेको बताउँछन् ।