Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी’ गीतमा दयाहाङ र मिरुनाबीच प्रेम र नोकझोंक

फिल्मीखबर, काठमाडौं, 2023/03/26

Dayahang Rai | Miruna Magar

 

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको कवि उपेन्द्र सुब्बाद्वारा निर्देशित डेब्यू फिल्म ‘जारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक ट्रेलरले सुखद प्रतिक्रिया प्राप्त गरेपछि शनिबार नै निर्माण पक्षले फिल्ममा समावेश ‘चरी बस्यो’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक गरेको हो । गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वर छ ।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेम र नोकझोंकलाई प्रस्तुत गरिएको छ । लिम्बू परम्परामा रहेको जारी प्रथामा आधारित भएर निर्माण भएको फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुलेलगायतको पनि अभिनय छ ।

निर्देशक उपेन्द्र सुब्बा स्वयंको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ हुन् । फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । झुमा लिम्बु र गंगा थापाको पनि संगीत रहेको यो फिल्ममा श्रृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बु सह-निर्माताको रुपमा संलग्न छन् ।