Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भष्मे डनको गेटअपमा फर्किए विपिन

फिल्मीखबर, काठमाडौं, 2023/03/25

bipin karki

 

२०७३ सालको सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ छायांकनमा निस्किएको छ । शुक्रबार काठमाडौंस्थित पशुपति परिसरबाट छायांकन सुरु भएको फिल्मको पहिलो दृश्य अभिनेता विपिन कार्कीको कैद गरियो । सुटिङ सेटबाट बाहिरिएको एउटा तस्विरमा उनी भष्मे डनको गेटअपमा देखिएका छन् । उनले कपाल समेत मुण्डन गरेका छन् ।

फिल्मका निर्देशक दीपेन्द्र के. खनालले ‘पशुपति प्रसाद’मा अभिनेता खगेन्द्र लामिछानेले निर्वाह गरेको पात्रको तस्विरमा फूलको माला लगाएको तस्विर आफ्नो फेसबुकमा सेअर गर्दै कथाको अन्त्यबाट यात्रा सुरु भएको उल्लेख गरेका छन् । विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरको पनि फिल्ममा अभिनय रहनेछ ।

‘पशुपति प्रसाद’मा बुनुको भूमिकामा अभिनय गरेकी वर्षा सिवाकोटी सिक्वेलमा पनि दोहोरिने बताइएको छ । यद्यपि, निर्माण पक्षले उनलाई फिल्मको ‘सरप्राइज’ भनेको छ । फिल्ममा अघिल्ला पार्टको पनि ‘कनेक्सन’ देखाउनु पर्ने भएकाले खगेन्द्र र वर्षा जोडीको रुपमा देखिने जानकारी प्राप्त छ । फिल्मलाई आगामी विजयादशमीको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

 

khagendra lamichane


निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज/सुभाष भुषालको संगीत रहने फिल्म टुकी आर्टस्को ब्यानरमा बन्न लागेको हो । फिल्मका लेखक तथा निर्माता खगेन्द्र लामिछाने हुन् । ‘पशुपति प्रसाद २’को नाम मात्र भजाउनका लागि सिक्वेल निर्माण गर्न नलागेको स्पष्ट पार्दै लामिछानेले एकदमै अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने दाबी गरेका छन् ।