Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षाको दुःख र पीडा बोल्ने ‘बुलाकी’ गीत

फिल्मीखबर, काठमाडौं, 2023/03/24

surakshya panta

 

नयाँ वर्षको दिन पारेर आगामी बैशाख १ गतेबाट चार फिल्म ‘नाईं नभन्नू ल ६’, ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ प्रदर्शनमा आउँदैछन् । चारवटै फिल्म यो मितिबाट डगमगाउने देखिएका छैनन् । आज शुक्रबार यी चारवटा फिल्मबीच प्रचार सामाग्री सार्वजनिक गर्न प्रतिस्पर्धा नै चल्यो । ‘जारी’ र ‘बिहे पास’को ट्रेलर रिलिज हुँदा ‘नाईं नभन्नू ल ६’ र ‘बुलाकी’को भने गीत सार्वजनिक गरिएको छ ।

‘दुनियाँलाई सम्झाई देउन’ बोलको ‘बुलाकी’को ‘स्याड भर्सन’को गीतमा सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत छ भने बादल थापाको स्वर छ । फिल्मभित्रका चल तथा अचल दृश्य समावेश गीतमा फिल्मका प्रमुख तीन पात्र नरेन खड्का, सुरक्षा पन्त र विराज विष्टबीचको त्रिकोणात्मक प्रेमलाई चित्रण गरिएको छ । मर्मस्पर्शी गीतमा शब्द, संगीत र स्वरको संयोजन राम्रो छ ।

टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनार ‘रेलको बाटो’ जस्तो सफल म्यूजिक भिडियोका निर्देशक हुन् । फिल्ममा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व. मोति बिष्टको प्रस्तुति रहेको ‘बुलाकी’लाई शिव ढकालले खिचेका हुन् ।

फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, धनबहादुर राई, प्रकाश कँडेल र सरस्वती खत्रीलगायतको पनि अभिनय छ । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा विराज विष्टको पटकथा तथा संवाद लेखन रहेको छ ।