Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिहे पास’ ट्रेलरमा दयाहाङ र प्रकृतिको बिहेदेखि डिभोर्ससम्म

फिल्मीखबर, काठमाडौं, 2023/03/24

Dayahang Rai | Prakriti Shrestha

 

प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार यूट्युबमा सार्वजनिक ट्रेलर कमेडीले भरिएको छ । दयाहाङ राईको चरित्रले श्रीमती (प्रकृति श्रेष्ठ)को खुसीका लागि सरकारी जागिरमा नाम निकाल्न गर्ने संघर्षमा ट्रेलर घुमेको छ । दयाहाङले आफ्नो एउटा झुट लुकाउन एकपछि अर्को झुट बोल्दा वैवाहिक सम्बन्ध संकटमा परेको पनि ट्रेलरमा देखाइएको छ ।

बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित यो फिल्मलाई रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । दयाहाङ र प्रकृतिले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

शिव ढकालको छायांकन रहेको फिल्ममा प्रवेश मल्लिकको संगीत, डिपी खनालको गीत, रामजी लामीछानेको कोरियोग्राफी, मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा तथा संवाद भने आकाश र सजनले मिलेर तयार पारेका हुन् । रोजन श्रेष्ठ निर्माता रहेको ‘बिहे पास’को सह-निर्माता ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन हुन् ।