Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नांगो गाउँ’को वर्कसपमा साम्राज्ञी किन सहभागी भइनन् ?

फिल्मीखबर, काठमाडौं, 2023/03/19

फिल्म छायांकनमा जानुभन्दा अगाडि कलाकारदेखि निर्देशकसम्म वर्कसपमा बस्ने ट्रेन्ड नेपालमा सुरु भएको धेरै वर्ष भएको छैन । हलिउड/बलिउडतिर भने फिल्म निर्माण चरणको एउटा महत्त्वपूर्ण हिस्साको रुपमा वर्कसपलाई लिइन्छ । वर्कसपमा पटकथादेखि कलाकारले निर्वाह गर्ने चरित्रको बारेमा सुक्ष्म ढंगमा छलफल गर्ने गरिन्छ, जसले गर्दा फिल्म सबै पक्षबाट राम्रो बन्न सघाउ पुग्छ ।

दीपेन्द्र लामाको लेखन र निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’को पनि १५ दिनसम्म वर्कसप गरिएको छ । फिल्मको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग-अलग वर्कसप गरिएको थियो । अन्तिममा कलाकारहरु दयाहाङ राई, कर्म, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, अंकित खड्का र रवीन्द्र झा वर्कसपमा सहभागी भएका थिए ।

 

dayahang rai


कलाकारहरुलाई पटकथा, चरित्र निर्माण तथा कथ्य संरचनाका विषयमा प्रकाश पारिएको थियो । निर्देशक टिम र कलाकारबीचको अन्तरक्रियालाई रचनात्मक र प्रगतिशील बनाइएको निर्माता हिमाल शर्माले बताए । कुनै पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिँदैछ ? कथालाई अगाडि बढाउन उसको भूमिका के हो ? जस्ता विषयमा छलफल गरिएको उनको भनाई छ ।

निर्देशक लामाले घनिभूत किसिमले वर्कसप भएको बताए । राजेश विश्वकर्माले सहजीकरण गरेको वर्कसपले पटकथामा लेखिएका दृश्यहरुलाई सशक्त रुपमा पर्दामा उतार्न सहयोग मिल्ने दयाहाङको विश्वास छ । फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भने थाइल्यान्ड भ्रमणमा रहेकाले वर्कसपमा सहभागी हुन पाएकी थिइनन् । फिल्मलाई आलोक शुक्लाले छायांकन गर्दैछन् ।