Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

रेजिनापछि मोहन निरौलाले गरे प्यानल घोषणा, महासचिवमा सविन श्रेष्ठ उम्मेदवार

फिल्मीखबर, काठमाडौं, 2023/03/16

mohan niraula

 

चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका मोहन निरौलाले आफ्नो प्यानल घोषणासहित एजेन्डा सार्वजनिक गरेका छन् । बुधबार अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले प्यानल घोषणा गरेपछि बिहीबार निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानलको उपाध्यदेखि सदस्यसम्मको उम्मेदवार घोषणा गरेका हुन् ।

उनको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवको उम्मेदवार सविन श्रेष्ठ छन् । उनी पहिला अध्यक्ष पदको आकांक्षी थिए । तर, पछि सविनले अध्यक्षमा निरौलालाई समर्थन गर्दै महासचिवमा उम्मेदवारी दिएका हुन् । निरौला प्यानलको सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सह-कोषाध्यक्षमा पवित्रा आचार्य (निर्विरोध) छिन् ।

सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा उम्मेदवार छन् । मोहन निरौलाले संघको भवन तथा कार्यालय व्यवस्थापन, सामाजिक सुरक्षा, कलाकारको वृत्तिविकासलाई एजेन्डा बनाएका छन् ।

 

mohan niraula


२०४० सालमा फिल्म ‘आर्दश नारी’बाट अभिनय यात्रा सुरु गरेका मोहनले ‘बेहुली’, ‘तिरहरी’, ‘स्वर्ग’, ‘नाता’, ‘आर्शिवाद’, ‘जन्म मत्यु’, ‘अजम्बरी नाता’, ‘रावण’, ‘अलविदा’ लगायत सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । कुनै समय नाटकमा पनि सक्रिय उनले ‘सम्पति’, ‘पुकार’, ‘जन्मभूमि’ फिल्मको निर्देशन पनि गरेका छन् । हाल उनी कलाकार संघको उपाध्यक्ष तथा प्रवक्ता हुन् ।