Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभितको टिप्पणी- ‘कलाकार संघलाई काम नभएकाहरुको संस्था बनाइयो’

फिल्मीखबर, काठमाडौं, 2023/03/16

shovit basnet

 

नेपाली फिल्ममा अभिनय गर्ने कलाकारहरुको साझा संस्था नेपाल चलचित्र कलाकार संघको यही चैत ४ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेती उठेका छन् भने ४६ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन् । त्यसमध्ये चिनिएका कलाकारहरु ज्यादै कम छन् । हुन त संघले चलेका र चिनिएका कलाकाहरुलाई आकर्षित गर्नै सकेको छैन ।

कलाकार तथा निर्देशक शोभित बस्नेत अहिलेसम्म संघको कार्यसमितिमा नालायकहरु रहेकाले चलेका कलाकारहरु संघसम्म पुग्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्मको जति पनि कार्यकालहरु गए, त्यसमा सबै नालायकहरु थिए । फोटो खिचाउने र खादा लगाउनेबाहेक केही नै काम गर्न सकेनन् । ती नालायकहरुले गर्दा नै चलेका र चिनिएका कलाकारहरु संघमा पुग्न सकेनन् ।’

कलाकार संघको कार्यसमितिमा बस्नका लागि काम नभएको र नचिनिएको हुनुपर्छ भन्ने बनाइएको शोभितको टिप्पणी छ । ‘अबको कार्यसमितिले सबैलाई समेट्न सक्नुपर्छ । संघ फोटो खिचाउने र खादा लगाउने संस्था होइन भन्ने बनाउनु पर्छ । यो हुन सके अर्को निर्वाचनमा चलेका कलाकारहरु आउन सक्छन्,’ उनले भने । अहिले उम्मेदवारी दिएकामध्ये प्रायः आफैंले नचिन्ने उनी बताउँछन् ।

‘हामीलाई पनि गर्व लागोस् न, अध्यक्षमा शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल उठुन् । महासचिवमा रमेश उप्रेती, दीलिप रायमाझी जस्ता कलाकार उठुन् । उपाध्यक्षमा गौरी मल्ल, मिथिला शर्मा जस्ता कलाकार आउन् । अनि, हामीलाई पनि सान हुन्थ्यो,’ शोभित अगाडि भन्छन्, ‘अहिले ४६ जना उम्मेदवार उठेका छन्, तीमध्ये ४३ जना त म नै चिन्दिनँ ।’ उनी रेजिनाको पक्षमा खुलेका छन् ।