Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमा’ गर्न कसरी राजी भइन् शुभेक्क्षा ?

फिल्मीखबर, काठमाडौं, 2023/03/16

Subeksha Khadka

 

मिस नेपाल पृष्ठभूमिकी शुभेक्क्षा खड्का शहरी युवापुस्तामाझ धेरथोर परिचित छिन् । उनको उद्घोषण कलाको प्रशंसक धेरै छन् । फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा समेत डेब्यू गरेकी उनको दोस्रो फिल्म ‘प्रेमा’ चैत १७ गतेबाट प्रदर्शनमा आउँदैछ । डेब्यू फिल्मबाट सफलता र प्रशंसा पाउन चुकेकी शुभेक्क्षा यसपटक आफ्नो अभिनय कलाले दर्शकको मन जित्नेमा आत्मविश्वासी छिन् ।

फिल्ममा उनी सुदूरपश्चिमबाट ठूलो सपना बोकेर काठमाडौं आइपुगेकी सोझी र साधारण पात्रको रुपमा प्रस्तुत छिन् । त्यो पात्रसँग उनको न हुकाई न त स्वभाव नै मिल्छ । यसैले प्रेमा चरित्रमा आफूलाई ढाल्न चुनौतीपूर्ण भएको उनको अनुभव छ । उनी भन्छिन्, ‘म वास्तविक जीवनमा जस्तो छु, त्योभन्दा ठीक विपरित छ क्यारेक्टर । यो क्यारेक्टर गर्दा मैले आफ्नो काम देखाउने मौका पाएँ ।’

कलाकार भएपछि देशभरका दर्शकसम्म पुग्न सक्नुपर्ने बुझाई उनको छ । यसैले काठमाडौंमा आफू चिनिएता पनि ‘प्रेमा’मा निर्वाह गरेको चरित्रले सुदूरपश्चिममा पनि आफूलाई चिनाउने उनको विश्वास छ । ‘प्रेमा’लाई शुभेक्क्षाको डेब्यू फिल्मका निर्देशक गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । उनी निर्देशक भण्डारीप्रतिको विश्वास र स्क्रिप्टले फिल्ममा काम गर्न राजी भएको बताउँछिन् ।

‘मलाई निर्देशक र स्क्रिप्ट दुवैप्रति विश्वास थियो । किनकि, गोविन्द सरसँग मैले यसअघि ‘रणवीर’मा काम गरिसकेको थिएँ । उहाँले तीन घन्टा लगाएर हरेक सटको बारेमा मलाई व्याख्या गर्नुभएको थियो । मैले स्क्रिप्ट मन परेपछि नै काम गरेको हुँ । त्योभन्दा पनि बढी गोविन्द सरप्रति विश्वास भएकाले मैले केही नसोचिकन काम गर्छु भनेकी थिएँ,’ उनले बुधबार गीत रिलिज कार्यक्रममा भनिन् ।