Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रेजिना उप्रेतीले घोषणा गरिन् प्यानल, जेष्ठ कलाकारलाई पेन्सन दिन पहल गर्ने

फिल्मीखबर, काठमाडौं, 2023/03/15

rejina upreti

 

यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी अभिनेत्री रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेन्डा सार्वजनिक र प्यानल घोषणा गरेकी हुन् । उनको प्यानलबाट शिवहरी नेपाल बैरागी र सरिता गिरी उपाध्यक्ष र पनाह अधिकारी महासचिवका उम्मेदवार छन् ।

त्यस्तै, रेजिनाको प्यानलको सचिवमा जीवन थापा र कोषाध्यक्षमा विनोद कुमार भट्टराई छन् भने सदस्यहरुमा खुश्बु खड्का, खिन्न भण्डारी, लक्ष्मण चौलागाईं, इश्वर बल्लभ उप्रेती, दिल ब. दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, दिनेश अवाल, निर्मल स्याङ्तान र भिमसेन बजगाईं उम्मेदवार छन् । यो टिमले कलाकारको हकहितका लागि राम्रो काम गर्ने उनको दाबी छ ।

 

rejina upreti


संघमा दुई कार्यकाल उपाध्यक्ष भइसकेकी उनले आफ्नो चुनावी एजेन्डामा ७० वर्ष नाघेका जेष्ठ कलाकारलाई मासिक पेन्सन भत्ता प्रदान गर्न पहल गर्ने, स्वास्थ्य उपचार योजना, कल्याणकारी कोष वृद्धि योजना, शाखा विस्तारलगायतका विषय समावेश गरेकी छन् । काम गर्न सकिने कुराहरुलाई मात्र एजेन्डामा राखेको बताउँदै रेजिनाले ती एजेन्डाहरु सम्पूर्ण पूरा गर्ने प्रतिबद्धता जनाइन् ।

उनले भनेकी छन्, ‘यसपटक चलचित्र कलाकार संघमा मभन्दा पनि हामीको रुपमा अघि बढेका छौं । हामी सबै एक भएर संघमा उत्कृष्ट काम गर्ने अठोटका साथ म अध्यक्षमा उठेको छ । नेपाली फिल्ममा उत्कृष्ट काम गरिसक्नु भएका अग्रज तथा साथीहरुलाई मैले आफ्नो टिममा पाएको छु । हाम्रो टिमले प्रस्तुत गरेका सबै प्रतिबद्धता संघमा आएपछि पूर्ण रुपमा लागू गर्ने प्रण पनि गर्दछु ।’

 

rejina upreti


रेजिनाको प्यानल घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा मदनदास श्रेष्ठ, नरेश पौडेल, राजेन्द्र खड्गी, रमेश उप्रेती, शाभित बस्नेत, पल्पसा डंगोललगायतका कलाकारहरु उपस्थित थिए । रेजिनालाई अध्यक्षमा श्वेता खड्कादेखि पूजा शर्मासम्मले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका छन् । कलाकार संघको अध्यक्ष पदमा रेजिनाको प्रतिस्पर्धा मोहन निरौलासँग हुँदैछ ।