Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

बोर्डले पटकथा लेखन र निर्देशन विषयमा कार्यशाला गर्ने

फिल्मीखबर, काठमाडौं, 2023/03/15

FDB Workshop

 

चलचित्र विकास बोर्डले पटकथा लेखन र निर्देशन विषयमा तीन दिने कार्यशालाको आयोजना गर्ने भएको छ । भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा आगामी चैत्र ३ देखि ५ गतेसम्म कार्यशाला हुन लागेको हो । यो कार्यशालामा सहभागी हुन कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ ।

बोर्डको हलमा हुने कार्यशालामा सहभागी हुनका लागि बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा गएर फारम भर्नुपर्नेछ । अथवा, ९८४१२९२४७१ नम्बरमा फोन गरेर नाम टिपाउन सकिनेछ । बोर्डको ‍चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कार्यशाला हुन लागेको हो । यो कार्यशाला फिल्म लेखन र निर्देशनमा रुचि हुनेहरुका लागि उपलब्धिमुलक रहने विश्वास बोर्डले लिएको छ ।

को हुन् अनुपम बर्वे ?

अनुपम भारतको पुणेस्थित फिल्म तथा थिएटर निर्देशक हुन् । पछिल्लो समय एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)मा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका उनले पुणे विश्वविद्यालयबाट बीए (पर्फमिङ्ग आर्ट) र लण्डनको वेस्टमिन्स्टरबाट फिल्म तथा टेलिभिजन निर्देशनमा एमए गरेका छन् । यतिबेला अनुपम नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन् ।

लेखक अमिताभ घोषको उपन्यासको रूपान्तरण गरि अनुपमले बनाएको फिचर फिल्म ‘द स्याडो लाइन्स’ले सन् २०१२ मा भेनिस फिल्म फेस्टिभल र इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डियामा आयोजित एनएफडीसीको पटकथा लेखकहरूको प्रयोगशालामा छनौटमा परेको थियो । ‘फ्रेस सुसाइड’ र ‘सो ह्वाट’ फिल्मको पनि निर्देशन गरेका उनी पहिलो पटक नेपाल आउन लागेका हुन् ।