Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए साथी सुन’को रिलिज सर्‍यो, टिजरमा डराएकी वर्षा

फिल्मीखबर, काठमाडौं, 2023/03/13

barsha siwakoti

 

राम राघव आचार्य लिखित तथा निर्देशित फिल्म ‘ए साथी सुन’को प्रदर्शन मिति परिवर्तन भएको छ । आइतबार टिजर सार्वजनिक गर्दै आगामी वर्षको जेठ ५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि आगामी चैत १० लाई प्रदर्शन मिति तोकिएको थियो । धेरै प्राविधिक काम नसकिएको र प्रचारका लागि पनि समय नपुगेकाले प्रदर्शन हेरफेर गरिएको निर्देशक आचार्यले बताए ।

१ मिनेट ९ सेकेन्डको टिजर उडिरहेको चिलबाट सुरु छ । त्यसपछि एक युवतीलाई बन्धक बनाइएको दृश्य छ, जसको पृष्ठभूमिमा एक पुरुष पात्रले गीत गाएको सुनिन्छ, जुन डर पैदा गराउने भावको छ । यही दृश्यले फिल्म थ्रिलर कथावस्तुमा बनेको बुझाउँछ । जंगलभित्र एक नकावधारी पात्रले वर्षा सिवाकोटीलाई घिसारेको र खाल्टोमा पुरेको दृश्यले फिल्मप्रति कौतुहलता जगाउन सक्छ ।

फिल्ममा रमेश बानियाँ, आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीको पनि अभिनय छ । बाल कलाकारमा कृष्मा खड्का र इभान सन्जेल रहेका छन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता बीना कार्की र सन्तोष कुमार राई हुन् । त्यस्तै, सह-निर्मातामा पोखराका सञ्चारकर्मी तथा चियादानीका सञ्चालक सुदीप पौडेल छन् ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन, कुमार महर्जनको द्वन्द्व, दीर्घ खड्का र मिराज अर्यालको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, राजेन्द्र मोक्तानको कलर, दिनेश विष्टको भिएफएक्स र भरत कँडेलको साइन्ड डिजाइन छ । फिल्मलाई देशभर वितरण गर्ने जिम्मा रोहित रत्नको आरआर फिल्म्सले लिएको छ । टिजर हेर्दा फिल्ममा वर्षाको भूमिका सशक्त हुनसक्ने देखिन्छ ।