Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ बन्यो उत्कृष्ट फिल्म (सूचिसहित)

एजेन्सी, अमेरिका, 2023/03/13

विश्वको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्डको ९५औं संस्करणमा अमेरिकी कमेडी-ड्रामा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित भएको छ । सोमबार बिहान लस एन्जलिसको डल्बी थिएटरमा भएको अवार्डमा यो फिल्मले उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सह-अभिनेता र उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड पनि जित्न सफल भयो ।

 


त्यस्तै, एडवर्ड बर्गरद्वारा निर्देशित ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म बनेको छ । साथै, यो फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी, ओरिजिनल स्कोर र प्रोडक्सन डिजाइनको अवार्ड पनि प्राप्त गरेको छ । ‘बेस्ट ओरिजिनल सङ’को अवार्ड भने एसएस राजामौली निर्देशित ब्लकबस्टर साउथ इन्डियन फिल्म ‘आरआरआर’मा समावेश गीत ‘नाटू नाटू’ले जित्न सफल भयो ।  

ओस्कार अवार्ड विजेताको सूचि :

अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर (द ह्वेल)

 

Michelle Yeoh accepts the Oscar for Best Actress for


उत्कृष्ट अभिनेत्री : मिसेल योह

उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो

उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

ओरिजिनल सङ : नाटु नाटु (आरआरआर)

साउन्ड : टप गन : मेभरिक

प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

 

Ke Huy Quan wins the Oscar for Best Supporting Actor for


भिजुअल इफेक्ट्स : अवतार : द वे अफ वाटर

फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ

ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर

हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

 

Jimmy Kimmel gets danced off the stage while hosting the Oscars show at the 95th Academy Awards in Hollywood, Los Angeles, California, U.S., March 12, 2023


डकुमेन्ट्री फिचर : नाभल्नी

डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स

सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ