Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिहे पास’को गीत रिलिज, प्रकृतिको मायाले भरिएको दयाहाङको मुटु

फिल्मीखबर, काठमाडौं, 2023/03/10

Dayahang Rai, Prakriti Shrestha

 

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बिहे पास’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ‘खाली छैन मेरो मुटु’ गीतमा अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालको शब्द रचना छ । फिल्मका मुख्य पात्र दयाहाङ राई र प्रकृति श्रेष्ठ प्रस्तुत गीतमा रामजी लामिछानेको नृत्य निर्देशन छ ।

गीतमा दयाहाङ र प्रकृतिको केमेस्ट्री रोचक देखिन्छ । दुई हप्ता अगाडि सार्वजनिक टिजरमा दुवैको उद्देश्य सरकारी जागिरे बन्ने देखाइएको थियो । प्रकृतिको शाखा अधिकृतमा नाम पनि निस्कन्छ । तर, दयाहाङ श्रीमतीको अगाडि असल देखिन लोकसेवाको परीक्षा दिने कसम खाएर पैसाका लागि गलत काम गर्छन् । त्यसपछि सिर्जित समस्यालाई टिजरमा रोचक शैलीमा भनिएको थियो ।

प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिसँगै श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको पनि अभिनय रहेको छ । पूर्वी नेपालका विभिन्न ठाउँमा छायांकन भएको फिल्मको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । शिव ढकालले खिचेको फिल्मको सम्पादन मित्र गुरुङले गरेका हुन् ।

मर्रे केर, आकाश बराल र सजन काफ्लेको लेखन रहेको फिल्मको पटकथा आकाश र सजनले लेखेका हुन् । रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्मलाई आरआर फिल्मले वितरण गर्नेछ । यो वितरक कम्पनी निर्माताद्वय रोहित र रत्नको हो । दयाहाङ र प्रकृतिले पहिलो पटक एकसाथ अभिनय गरेकाले ‘बिहे पास’ दर्शकका लागि रुचिकर हुनसक्छ ।