Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमी मानवसँग सुरक्षाले गरिन् विवाह

फिल्मीखबर, काठमाडौं, 2023/03/09

surakshya panta

 

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार चितवनस्थित एक रिसोर्टमा उनीहरुले दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा लगनगाँठो कसेका हुन् । हिजो बुधबार उनीहरुको इन्गेजमेन्ट भएको थियो । सुरक्षाले सामाजिक सञ्जालमा एक तस्विर राख्दै आफू विवाह बन्धनमा बाँधिएको जनाएकी छन् । तस्विरमा उनी निकै खुसी देखिएकी छन् ।

करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका सुरक्षा र मावनले केही म्यूजिक भिडियोमा सहकार्य गरिसकेका छन् । सुरक्षाका श्रीमान् मानव गायक तथा निर्देशक पनि हुन् । फिल्म ‘अन्तराल’बाट अभिनय करिअरको सुरुवात गरेका उनले ‘नेपथ्य’, ‘चिनी कम रंग कडा’ फिल्ममा अभिनय गरेका छन् भने ‘पैसा फल्ने बोट’, ‘आँखामा तिम्रो’ आदि गीतमा आवाज पनि दिएका छन् ।

त्यस्तै, इन्जिनियरिङको अध्ययन गरेर फिल्म ‘सुस्केरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले ‘भैरे’, ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’ लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छन् । उनको दुई नयाँ फिल्म ‘बहाव’ आगामी चैत २४ गते र ‘बुलाकी’ आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । यतिबेला सुरक्षा ‘द पोयट आइडल’को निर्णायकमा छिन् ।