Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मध्यपूर्वका ५० बढी पर्दामा लाग्यो ‘छक्का पञ्जा ४’

फिल्मीखबर, काठमाडौं, 2023/03/09

chakka panja 4

 

नेपालमा प्रदर्शनको दिनदेखि आक्रामक कमाईलाई जारी राखेको हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ बिहीबार (आज) देखि मध्यपूर्वका विभिन्न देशहरुका ५० बढी पर्दामा एकसाथ रिलिज भएको छ । नेपफिल्म्स कम्पनीले कतार, यूएई, बहराईन र ओमनमा फिल्म प्रदर्शन गरेको छ भने साउदी अरेबिया र कुवेतमा केही दिनमा प्रदर्शन हुने वितरक रमेश ढकाले जानकारी दिए ।

मध्यपूर्वका देशहरुमा नेपाली फिल्मको वितरण गर्दै आएका ढकाललाई गत फेब्रअरीमा चलचित्र विकास बोर्डले दुबईमा आयोजना गरेको ‘नेपाल्स सिनेमा फेष्ट’मा मध्यपूर्वी देशहरुमा नेपाली फिल्मको प्रदर्शन तथा प्रवर्द्धन गर्दै आएबापत सम्मान समेत गरेको थियो । ‘छक्का पञ्जा’का अघिल्ला तीन श्रृंखला मध्यपूर्वमा निकै रुचाइएकाले चौंथो श्रृंखलाले पनि राम्रो प्रदर्शन गर्नेमा उनी विश्वस्त छन् ।

फिल्मले प्रदर्शनको पहिलो हप्ता नेपालमा मात्र १० करोड छाप्ने देखिएको छ । ‘वर्ड अफ माउथ’ शक्तिशाली भएकाले फिल्म लामो रेसको घोडा बन्ने निश्चित छ । यो फिल्मलाई सबैभन्दा ठूलो चुनौती ‘कबड्डी ४’को २२ करोडको रेकर्ड हो । फिल्मले तीन हप्तासम्म कमाईलाई स्थिर बनाइराख्न सकेको खण्डमा ‘कबड्डी ४’को रेकर्ड तोड्न सक्नेछ । २१ करोडको रेकर्ड त ‘छक्का पञ्जा ३’को नै छ ।

नीर शाह, दीपकराज गिरी, केदारप्रसाद घिमिरे, दीपाश्री निरौला, निर्मल शर्मा, सुष्मा निरौला, मलिना जोशी, रमेश बुढाथोकी, बुद्धि तामाङ, राज आचार्यलगायतको अभिनय रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ । दर्शकले केदार घिमिरेको अभिनय र संवाद पक्ष विशेष रुचाएका छन् ।