Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

टिकटकमा भाइरल बन्दै ‘ज्याकी : आई एम ट्वान्टी वान’को संवाद

फिल्मीखबर, काठमाडौं, 2023/03/07

विश्वमै जबर्जस्त पकड बनाएको टिकटक एपले नेपाललाई समेत आफ्नो मुठ्ठीमा पारिसकेको छ । गाउँ होस् या शहर, इन्टरनेटको सुविधा भएको ठाउँमा हरेकको मोबाइलमा टिकटक एप अनिवार्य हुन्छ । अहिले टिकटक नेपाली फिल्म प्रचारको एउटा अभिन्न अंग समेत बनेको छ । गीत वा ट्रेलर/टिजरका संवाद टिकटकभरि छाउँदा त्यसले फिल्मको प्रचारमा निकै ठूलो सघाउ पुर्‍याउँछ ।

 

dhiraj magar


यद्यपि, टिकटकमा फिल्मका गीत तथा संवादहरु भाइरल हुँदैमा फिल्म पनि हिट हुन्छ भन्ने कदापि हुँदैन । टिकटकमा हिट भएका गीतका फिल्मले बक्सअफिसमा दम तोडेका टन्नै उदाहरण छन् । फिल्मको सफलता र असफलता टिकटकको भ्यूज र लाइक्सले नभइ कन्टेन्टले गर्छ । तर पनि फिल्मबारे दर्शकको ठूलो समुहमा जानकारी पुर्‍याउन टिकटक एउटा प्रभावकारी माध्यम भने हो ।

यतिबेला फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को एउटा संवाद टिकटकमा भाइरल बन्ने दौडमा छ । शुक्रबार सार्वजनिक टिजरमा नायक धिरज मगरले बोलेको ‘बाबा मलाई थाहा छ, मैले रोजेको बाटो सजिलो छैन । तर, मलाई यो पनि थाहा छ मेरो सपना फरक हो गलत होइन’ भन्ने संवादमाथि टिकटक बनाउनेको संख्या बढ्दो छ । यसले फिल्मको हाइप निर्माणमा पनि भूमिका खेलेको छ ।

यो संवादमा अलग-अलग र पृथक शैलीमा टिकटक बनेका छन् । टिजरमा समावेश संवाद टिकटकमा भाइरल भएपछि निर्देशक रेनशा वान्तवा राई खुसी देखिएकी छन् । उनी भन्छिन्, ‘टिजरमार्फत् हामीले जे भन्न खोजेका छौं, त्यसलाई दर्शकले रुचाउनुभएको छ । दर्शकलाई संवादले नै मन छुनु खुशीको कुरा हो । योसँगै फिल्मप्रति बढेको दर्शकको अपेक्षालाई हामी कम हुने दिने छैनौं ।’

आइकोर फिल्म्सले निर्माण गरेको फिल्म डान्सको विषयमाथि आधारित छ । निर्देशक राई स्वयं कोरियोग्राफर भएकाले पनि उनले डान्सको विषय उठाएकी हुन् । फिल्ममा धिरज मगरका अलावा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बालगायतको पनि अभिनय छ । सम्भवतः नेपालमा बनेको यो नै पहिलो डान्स ड्रामा हो । फिल्मका लागि धिरज र जसिताले करिब एक वर्ष डान्स सिकेका थिए ।