Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

शरद र ममा अथाह माया र सम्मान छ : निशा अधिकारी

फिल्मीखबर, काठमाडौं, 2023/03/07

Sharad Vesawkar and nisha adhikari

 

अभिनेत्री निशा अधिकारीले श्रीमान् तथा क्रिकेटर शरद भेषवाकरविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंशबन्डाको मुद्धा हालेपछि उनीहरुको सम्बन्ध संकटमा परेको देखिएको छ । यद्यपि, उनले सम्बन्धविक्षेदको मुद्धा हालेकी छैनन् । नाबालक छोरा (युवान) समेतलाई अंश भाग लगाउन माग गर्दै उनले हालेको मुद्धामा अदालतले शरदको सम्पत्तिको वितरण देखाउन आदेश दिएको छ ।

शरदविरुद्ध अंशबन्डा मुद्धा हालेको विषयमा विभिन्न टिका-टिप्पणी हुन थालेपछि निशाले सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै शरद, छोरा र आफूहरुबीच अथाह माया र सम्मान रहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा । यो हाम्रो निजी मामला हो र हामी परिपक्वता र करुणाका साथ राम्रो तरिकाले यी चिजमा काम गरिरहेका छौं ।’

 

Nisha Adhikari


लामो समय प्रेममा रहेपछि उनीहरुले २०७४ साल असार १६ गते विवाह गरेका थिए । २०७५ जेठ ५ गते निशाले पहिलो सन्तानको रुपमा अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । निशा र शरद डेढ वर्षदेखि अलग-अलग बस्दै आएको बताइन्छ । सम्बन्धविक्षेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधानमा टेकेर निशाले शरदविरुद्ध अंशबन्डा मुद्धा दायर हालेकी थिइन् ।