Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक वर्षपछि फेसबुकमा फर्किए पल, लेख्छन्, ‘म मात्तिएको छैन’

फिल्मीखबर, काठमाडौं, 2023/03/06

Paul Shah

 

एउटा घटनाका कारण जेल जीवन विताएर फर्किएका अभिनेता तथा मोडल पल शाह फागु पूर्णिमाको अवसर पारेर एक वर्षपछि सामाजिक सञ्जालमा फर्किएका छन् । सोमबार परिवारसँग होली मनाएको तस्विरहरु फेसबुकमा राख्दै उनले वितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयको रुपमा लिएको र मनमा न कसैप्रति रिस न कुनै प्रतिशोधको भावना रहेको उल्लेख गरेका छन् ।

अब आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य रहेको बताउँदै पल लेख्छन्, ‘मैले वितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाव । र, यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध, कसैलाई गालीगलौज र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।’

 

paul shah


अदालतको निर्णयलाई सम्मान गर्दै आफू फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको उल्लेख गर्दै पलले आफ्नो स्वागतमा परिवार, आफन्त, साथीभाइका साथै हजारौं दर्शकको भीड देख्दा आफू नमात्तिएको, बरु थप जिम्मेवार बनाएको महसुस भएको बताएका छन् । पल यही फागुन १५ गते सबै मुद्धाबाट सफाइ पाएर जेलमुक्त भएका हुन् । उनी यसै साताबाट काममा फर्किन सक्नेछन् ।