Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोश्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाखमा हुने

फिल्मीखबर, काठमाडौं, 2023/03/06

Nepal-Rural-Film-festival

 

नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यले गत वर्षदेखि सुरु भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोश्रो संस्करण आगामी बैशाख अन्तिम साता हुने भएको छ । अघिल्लो वर्ष गोरखा जिल्लाको लाप्राकमा भएको महोत्सवको दोस्रो संस्करण हुने स्थान भने तय भैसकेको छैन । चाँडै नै महोत्सव हुने स्थानको नाम घोषणा गरिने आयोजक संस्था सेलिब्रेटी नेपालले जनाएको छ ।

नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु सहभागी हुने महोत्सवमा सहभागिताका लागि फिल्म दर्ता समेत खुल्ला गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री र भाषाभाषीका फिल्महरु सहभागी हुनेछन् । जुरी टिमले छान्ने फिल्महरू स्क्रिनिङ गरेर उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सेलिब्रेटी नेपालका प्रमुख रघुनाथ सापकोटाले बताए । चलचित्र विकास बोर्डले सहकार्य गरेको महोत्सवमा [email protected] मार्फत् पनि फिल्म दर्ता गर्न सकिने जनाइएको छ ।