Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुन कलाकारले कसरी मनाए होली ? (तस्विरसहित)

फिल्मीखबर, काठमाडौं, 2023/03/06

असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने होली पर्व आज (सोमबार) पहाडी जिल्लाहरुमा मनाइँदैछ । कतिले परिवार तथा साथीभाईहरुसँग मिलेर होली मनाएका छन् भने कतिले विभिन्न ठाउँमा आयोजित कार्यक्रममा पुगेर होलीको खुसी साटासाट गरिरहेका छन् । फेसबुक होलीका तस्विरहरुले नै भरिएको छ । राजनीतिज्ञदेखि कलाकारसम्मलाई होलीको रौनकले छोएको छ ।

 

rekha thapa and shwata khadka


अभिनेत्रीद्वय रेखा थापा र स्वेता खड्काले एकअर्कासँग होली मनाएको तस्विर पोस्ट गरेका छन् । उनीहरुले पहिलो पटक एकसाथ होली मनाएका हुन् । यो संयोग पत्रकार उत्सव रसाइलीका कारण जुरेको हो । अभिनेता रमित ढुंगानाले आमासँग होली मनाएको तस्विरहरु सामाजिक सञ्जालमा राखेका छन् भने अभिनेत्री सञ्चिता लुईंटेलले आफ्ना दुई सन्तानसँग रंग दल्दै होली मनाएकी छन् ।

 

Barsha Siwakoti


अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्विरहरुमा उनी साथीभाईसँग होलीको रंगमा रमाइरहेको देखिन्छ । अभिनेता आर्यन सिग्देलले निधार र गालामा अविरको टीका लगाएको तस्विर फेसबुकमा राख्दै होलीको शुभकामना दिएका छन् । झापाबाट काठमाडौं फर्किएकी अभिनेत्री वर्षा राउतले निधारमा अविरको टीका लगाएको तस्विर शेयर गर्दै होली जनाएकी छन् ।

 

rajesh hamal


अभिनेता राजेश हमालले निजी निवासमा आफ्ना हेयर डिजाइनर राम ठाकुरलाई अविर लगाइदिएको तस्विर फेसबुकमा पोस्ट गर्दै होलीको शुभकामना व्यक्त गरेका छन् । रामले पनि हमाललाई निधारमा अविरको लामो टीका लगाइदिएका छन् । त्यस्तै, बेनिशा हमाल, शुभेक्क्षा खड्का, नम्रता सापकोटा आदिले पनि रंगमा रंगिएको तस्विरहरु आ-आफ्नो सामाजिक सञ्जालमा राखेका छन् ।

 

तस्विरमा हेर्नुहोस् कलाकारहरुको होली

 

paul shah

 

benisha hamal

 

Diwakar Bhattarai

 

barsha raut

 

aaryan sigdel

 

namrata sapkota

 

ramit dhungana

 

sanchita lauitel

 

shukheksya khadka

 

Aliza Goutam