Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

डिभोर्स नगरी निशाले श्रीमानविरुद्ध हालिन् अंशबन्डा मुद्दा

फिल्मीखबर, काठमाडौं, 2023/03/05

Nisha Adhikari

 

अभिनेत्री निशा अधिकारले श्रीमान् शरद भेषावकरविरुद्ध अंशबन्डा मुद्धा हालेकी छन् । उनले गत भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा हालेको अंश चलनको मुद्दामा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको छ । आफू र नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा दर्ता गरेकी हुन् ।

निशाले अदालतमा सम्बन्धविक्षेदको मुद्धा भने हालेकी छैनन् । सम्बन्धविक्षेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधानअनुसार उनले शरदविरुद्ध अंश मुद्धा दायर गरेकी हुन् । विगत डेढ वर्षदेखि उनीहरु अलग-अलग बस्दै आएको बताइन्छ । लामो समयको प्रेम सम्बन्धलाई उनीहरुले २०७४ साल असार १६ गते विवाहमा परिणत गरेका थिए । शरद चर्चित क्रिकेटर हुन् ।

२०७५ जेठ ५ गते निशाले पहिलो सन्तानको रुपमा अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । अमेरिकामा सन्तानलाई जन्म दिँदा सन्तानले सोझै अमेरिकाको नागरिकता पाउने भएकाले निशाले अमेरिकामा सन्तानलाई जन्म दिएको हुनसक्ने चर्चा चलेको थियो । तर, अहिले उनी छोरासहित नेपालमा छिन् । निशा यही फागुन अन्तिम साताबाट फिल्म ‘जय हो’को छायांकनमा व्यस्त हुँदैछिन् ।